रौतहट
२०८० श्रावण ११ बिहीबार
नेपालीले भारतका सीमावर्ती बैर्गनिया नाका भएर भारतीय बजार जान अनिवार्य रूपमा नेपाली नागरिक खुलाउने परिचयपत्र वा नागृकता बोक्नुपर्ने भएको छ । भारत ले सुरक्षालाई मध्यनजर गर्दै सीमाक्षेत्र भएर आवतजावत गर्ने नेपाली नागरिकले अनिवार्य रूपमा परिचयपत्र लिएर हिँड्नुपर्ने भएको हो र भारतीयसँग आधारकार्ड खोज्न थालेका छन् ।
भारतीय सुरक्षाकर्मीले परिचय खुल्ने कागजात हेरेर मात्र जान दिने गरेको स्थानीय बासिन्दाले बताएका छन् । गौरका स्थानीय संचारकर्मी पुस्प राज यादवले पहिलाजस्तो परिचयपत्रविना भारत जान सुरक्षाकर्मीले पचिल्लो पटक सुरक्षा को कारण देखौदै केही कडा चेक जाँच गरेको बताए ।
पछिल्लो समय भारतीय सञ्चारमाध्यममा चर्चामा रहेकी पाकिस्तानी महिला सीमा हैदर महोत्तरीको भिठामोड नाका हँुदै भारत प्रवेश गरेर बिहार हुँदै उत्तरप्रदेशको नोयडा पुगेपछि रौतहटको सीमामा तैनाथ भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले कडाइ गर्दै परिचयपत्र हेरेर मात्रै आवतजावत गर्न दिएको हो । मधेस प्रदेशसहित नेपालको सीमा जोडिएका सबै नाकामा एसएसबीले सीमाक्षेत्रमा आवतजावत गर्ने नेपालीसँग नागरिकता र भारतीयसँग आधार कार्ड खोज्न थालेका छन् । परिचय खुल्ने कागजात नदेखाए आवतजावत गर्नमा रोक लगाएका हुन् ।

यसअघि नेपाल–भारत सीमाक्षेत्रबाट अर्को देशमा प्रवेश गर्दा कागजात देखाउने व्यवस्था थिएन । ‘अहिले भारतीय बजार जाँदा सिमानामा रहेका एसएसबीले परिचय खुल्ने प्रमाण माग्ने गरेको छ,’ स्थानीय मुन्ना पास्वनले भने, ‘यसअघि कहिल्यै पनि यसरी परिचयपत्र चेकजाँच गरिएको थिएन । अहिले निकै कडाइ गरिएको छ ।’ परिचय खुल्ने प्रमाण नदेखाउनेलाई एसएसबीले सीमा पार गर्न दिएको छैन ।
पाकिस्तानी नागरिक सीमा हैदर १३ मे मा काठमाडौंबाट महोत्तरीको भिठामोड हुँदै सहज रूपमा भारत प्रवेश गरेपछि अहिले भारतीय अधिकारीले उनीबारे छानबिन गरिरहेका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा प्रमुखले विभिन्न देशका नागरिक नेपालको बाटो हुँदै भारत जान थालेपछि सीमामा भारतीय सुरक्षाकर्मीले केही कडाइ गर्न थालेको जानकारी दिए । कुनै घटना घटेपछि भारतलेब बेला बेलामा चेक जाँच गर्ने गरेको कुरा स्थानीय आरेन साह बताउछन।