एजेन्सी – पाकिस्तान युवा टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा भारत ए विरुद्ध विष्फोटक ब्याटिङका साथ सानदार सुरुवात गरेको छ । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले २८ओभरमा २ विकेट गुमाएर१८३ रन बनाएको छ ।
पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा घरेलु टोली श्रीलंका ए लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारतले दोस्रो सेमिफाइनल खेलमा बंगलादेश ए लाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । भारत र पाकिस्तान समूह बी मा थिए । समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ८ विकेटले हराएको थियो ।

२ सय ६ रनको विजयी लक्ष्य भारतले ३६.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा ओपनर साई सुदर्शनले १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए ।